अन्तर्राष्ट्रियसमाचार

संसारकै ठूलो क्रुज पानी जहाज पहिलो यात्राको तयारीमा

संसारको सबैभन्दा ठूलो क्रुज पानी जहाजले पहिलो यात्रा गर्ने भएको छ । आइकन अफ द सिज नाम दिइएको यो क्रुज जहाजले अमेरिकाको फ्लोरिडास्थित मायामी तटबाट आफ्नो पहिलो यात्रा गर्न लागेको हो ।

३६५ मिटर लामो यो जहाजमा एकैपटक ७ हजार ६ सय यात्रुहरु बस्न सक्छन् । यो जहाज रोयल क्यारिबियन समूहको स्वामित्वमा छ ।पहिलो यात्रामा यो जहाजले सात दिन क्यारेबियन क्षेत्रका टापुहरुको भ्रमण गर्नेछ । तर वातावरणविद्हरूले तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हावामा हानिकारक मिथेन चुहावट गर्ने चेतावनी दिएका छन् ।

जहाजमा सातवटा स्विमिङ पूल, छ वटा वाटरस्लाइड र ४० भन्दा बढी रेस्टुरेन्ट, बार र लाउन्जहरू रहेका छन् ।

Related Articles

Back to top button