समाचार

शान्तिबाटिकामा प्रदर्शन गर्न नदिएको भन्दै पीडितहरु काठमाडौँ महानरविरुद्ध आन्दोलित

काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित गरेका छन् ।

गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन् । बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ ।

उनीहरुले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।

 

Related Articles

Back to top button