राजनीति

माओवादी केन्द्रको सर्वसम्मत अध्यक्षको उम्मेदवार बने गोले

रामेछाप , मन्थली नगरपालिका वडा नम्बर–७ भटौलीको अध्यक्षमा गंगा गोलेलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मन्थली नगर समिति र ७ नम्बर वडा समितिले गोलेलाई सर्वसम्मत रुपमा वडा अध्यक्ष उठाउने निर्णय गरेको हो ।

रामेछापको युवा नेताको छवी बनाएका गोलेलाई पार्टीले वडा अध्यक्षको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र मन्थली नगर समितिले जनाएको छ । हिजो बसेको वडा समिति र नगर समितिको सम्युक्त बैठकले उक्त निर्णय गरेको हो ।

मन्थली ७ भटौलीका गोले विद्यार्थी राजनीतिबाटै रामेछापमा स्थापित भएका हुन् । उनी अखिल क्रान्तिकारीमा सक्रिय राजनीति गर्दै गर्दा २०६५ मा मन्थली क्याम्पसको सर्वसम्मत स्ववियु सभापति भएका थिए । स्ववियु सभापति भएपछि गोलेले मन्थली क्याम्पसमा पार्क निर्माण गर्ने, डिग्री संचालनमा पहल कदमी गर्ने काम गरेका छन् । उनकै पहलमा सुरु मन्थलीमा डिग्री संचालन भएको थियो ।

रामेछापमा राम्रो छवी र कृयासिल युवा नेताको छवी बनाएका गोलेले पछिल्लो समय गाउँका विकास निर्माणमा पनि सक्रिय छन् । भटौली सदरमुकाम मन्थलीबाट नजिकै रहेको भएपनि त्यहाँ विजुली पुगेको थिएन । खानेपानीको समस्या थियो । गोलेको पहलमा भटौलीमा विद्युतिकरण, खानेपानीको योजना सुरु, सडक निर्माण लगायतका विकास र सामाजिक कामहरु भइरहेको छ ।

स्वच्छ छवी भएको, प्रष्ट वक्ता, बौद्धिक र सालिन स्वभाव भएका गोले स्थानीयले रुचाउने व्यक्ति हुन् । उनी सबै उमेर समूहका मानिससँग राम्रो र सहयोगी व्यवहार गर्ने गर्दछन् । गोले भटौलीको सबैभन्दा अब्बल र जनताले रुचाउने व्यक्ति हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button