खेलकुदसमाचार

एसीसी महिला प्रिमियर कपमा मलेसियासँग नेपाल पराजित

एसीसी महिला प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ ।क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले हारेको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाएकी थिइन् भने डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २०, सिता रानामगर ६ र कविता जोशीले २ रन बनाएका थिए ।आजैै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्याण्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । अब उपाधि भिडन्त आगामी आइतबार मलेसिया र युएईबीच हुने छ ।

महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोली तथा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले एशिया टी–ट्वेन्टी प्रतियागिता खेल्ने छन् ।

Related Articles

Back to top button