खेलकुद

अन्तर्राष्ट्रिय खुल्ला क्योकुशिन कराते – नेपालले जित्यो २ स्वर्ण,४ रजत र ५ कास्य

ललितपुर , भारतको आसाम राज्यस्थित गुवाहटीमा यही जनवरी ७ र ८ मा सम्पन्न प्रथम अन्तराष्ट्रिय खुल्ला क्योकुशिन कराते फुलकन्ट्याक्ट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी टोलीले सशक्त प्रस्तुति प्रस्तुत गर्दै २ स्वर्ण ,४ रजत,५ कास्यपदक जित्न सफल भएका छन् ।

विभिन्न तौल तथा खुल्ला समूह अन्तरगत नेपाल बाट गुरु सिहान प्रेमनाथ श्रेष्ठ को नेतृत्व ,सिहान गोबिन्द श्रेष्ठ को टिम ब्यबस्थापन ,रमेश तामाङ,मदन श्रेष्ठ को अफिसियल जिम्मेवारी र दिपेन्द्र नेपाली ले निर्णायक को भुमिका निर्वाह गर्नु भएको उक्त प्रतियोगितामा नेपालले उक्त उपाधी जित्न सफल भएको हो ।

पदक बिजेतामध्ये १६ वर्ष उमेर समूहका किरण माझीले स्वर्णपदक, सुजित गुरुङले रजतपदक र अब्दुल सिद्दिक काश्यपदक हात पारेका छन् । यसैगरी ५५ केजि तौल समुहमा क्रमशः मनिष कार्की स्वर्ण , बिजय नगरकोटी रजत ,राम बहादुर रानामगरले काश्यपदक जितेका छन् । ६० केजी तौल समूहमा नवराज (लोप्साङ) रेग्मीमगरले रजतपदक हात पारेका छन् ।

८ वर्षको उमेर समुह को फाइट मा उत्कृष्ट प्रदर्शनी सहित सृष्टि अधिकारी ले रजत पदक, १२ वर्ष उमेर समुहमा स्नेहा दास काश्य साथै ५५ केजि तौल समुहमा बुद्धि माया (आशा) घलान ले काश्य र महिला खुल्ला समुह मा उत्कृष्ट सशक्त प्रस्तुती दिदै सरु (पुतुवार ) नगरकोटी ले नेपालको लागि काश्य पदक भित्र्याउन सफल भएको टिमका अफिसियल रमेश तामाङ ले जानकारी दिएका छन् । उनका अनुसार नेपालबाट सहभागी अन्य सबै खेलाडीहरुले समेत उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । प्रतियोगितामा ७ वटा राष्ट्रका खेलाडी सहभागी थिए ।

बिजेता खेलाडीहरु लाई देश र बिदेशबाट खेलप्रेमी शुभेच्छुक र विभिन्न प्रशिक्षक ,रा.खे.प. जिल्ला खेलकुद हरु बाट बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button