राजनीतिसमाचार

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

सोमवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुरामा सहमति हुन बाँकी रहेको बताए ।पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।

Related Articles

Back to top button