समाचार

सात जिल्लामा कांग्रेस वडा अधिबेशन आज

ललितपुर । आज सत्तारुढ दल नेपाली कांग्रेसले देशभरका ७ जिल्लामा वडा अधिवेशन गर्ने भए

आज मंगलबार हुने वडा अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।

भदौ १८ गते देशभरका ६ हजार ७४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिए पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको हो ।

बाँकी २० जिल्लामा आज मंगलबार अधिवेशन गर्ने भनिए पनि तीमध्ये १३ जिल्लामा आज अधिवेशन हुन सक्ने अवस्था छैन ।

क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा २ नम्बर प्रदेशका ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्योलमा छ ।

क्रियाशील सदस्यता सम्बन्धी विवाद पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा २ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्योलमा रहेको छ ।

आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ ।
दैनिकी न्युज बाट साभार।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button