अन्तर्राष्ट्रिय

पाँच दसक अगाडि चोरी भएको शिव मुर्ती फिर्ता हुदै

ललितपुर , ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ ।
शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजबीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौं उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि भएको थियो।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावास कार्यालयको समन्वयमा यो मूर्ति फिर्ताको प्रक्रिया अघि बढेको हो। दसौं शताब्दीमा निर्माण भएको मानिने शिवमूर्तीमा निर्माणको शिल्प र शैली पनि उत्कृष्ट रहेको भन्दै संस्कृतिविद् डा. गोविन्द टण्डनले मेट्रोपोलिटान म्युजियममा रहेका अरु नेपाली मूर्ति, सम्पदा फिर्ताको पहल हुनुपर्ने बताए।
यसअघि पनि मेट्रोपोलिटान म्युजियमले आफूसँग रहेको पुरातात्विक महत्त्वको उमामहेश्वर र बुद्ध प्रतिमा नेपाल फर्काइसकेको छ। यही म्युजियममा नेपालबाट हराएका वा चोरिएका २ सयभन्दा बढी ऐतिहासिक मूर्ति, अभिलेख, टुँडाललगायतका सामग्री रहेको म्युजियम स्वयमले स्वीकार गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button