शिक्षा

परिक्षा बोर्डले सर्वजनिक गर्यो एसईई मा समाबेश हुने रजिस्टेशन फारम

ललितपुर परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आवेदन फाराम र एसईईका लागि रजिष्ट्रेसन फाराम खुल्ला गरेको छ ।

पनिकाका अनुसार असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछ । एसईईमा आवेदन फाराम भर्न साधारण र प्राविधिक धारतर्फका विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको अर्थात २०६४ साल चैत मसान्तसम्मको जन्म मिति भएको हुनुपर्ने सूचनामा स्पष्ट गरिएको छ । आवेदन फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रुपियाँ कायम गरिएको छ ।

आवेदन फाराम भर्नका लागि रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, २०७६ साल वा सोभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्मिलित गराउनुपर्ने हुन्छ । खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीका हकमा चैत मसान्तभित्र १६ वर्ष पुग्ने उमेर भएको हुनुपर्ने जनाइएको छ ।

यसैगरी पनिकाले २०७८ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीले २०७९ सालको नियमित एसईई परीक्षामा सम्मिलित हुनका लागि र खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७८ सालको नियमित एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ ।

पनिकाले रजिष्ट्रेसन फाराम भर्नका लागि असोज १५ देखि कात्तिक मसान्तसम्मको समयावधि तोकेको छ । रजिष्ट्रेसन फारामका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ तोकिएको छ ।

रजिष्ट्रेसन फाराम भर्ना कक्षा ९ मा कक्षा ८ को परीक्षामा सबै अनिवार्य विषयमा कम्तीमा डी प्लास ल्याएको हुनुपर्ने ब्यबस्था उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button