कृषिसमाचार

प्युटारमा तरकारी संकलन केन्द्र सहित हाटबजारको उदघाटन

ललितपुर,बागमती गाउपालिका ४ प्युटार खयरघारीमा प्रतेक सनिबार हाट बजार लाग्ने भएको छ। आज औपचारिक कार्यक्रम मार्फत गाउपालिका अध्यक्ष वीर बाहादुर लोप्चन वडा अध्यक्ष नारायण घले लगाएत स्थानीयको सहभागितामा हाट बजारको उदघाटन गरिएको हो।

कार्यक्रम लाई सम्बोधन गर्नुहुदै अध्यक्ष लोप्चनले स्थानिय स्थरमा उत्पादित तरकारी फलफुल संकलन खाद्य सामग्री लगायत दैनिक उपभोग्य सामग्री सुपथ मुल्यमा पाइने र सर्वसुलभ तरीका बाट स्थानीय जनतालाइ सेवा प्रदान गर्ने हेतुले हाट बजार बनाएको कुरा स्पष्ट पार्नु भयो।कार्यक्रम बाट खयरघारी आसपासको क्षेत्रमा रहेको किसान र छिमेकी जिल्ला मकवानपुर को मंथली फापरबारी लगाएत त्यस भेगमा रहेका किसान हरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छ्न।

उक्त बजार निर्माण गर्न प्रदेस सरकार बाट आर्थिक बर्ष ०७६/७७ मा तरकारी तथा फलफुल संकलन बिक्री बितरण साथै सनिबारे हाट बजार निर्माणका लागि भनेर रु १० लाख र स्थानिय जन सहभागिता(श्रमदान) बाट रु ९७ हजार गरि कुल १० लाख ९७ हजार को लागत मा निर्माण भएको हो।

Related Articles

3 Comments

  1. Nice blog here! Also your website loads up fast!
    What host are you using? Can I get your affiliate link to your host?
    I wish my web site loaded up as quickly as yours lol

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button