समाचार

ब्लड क्यान्सर बाट कांग्रेस नेत्री लामाको निधन

प्रकाश थिङ ललितपुर इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ। महाराजगन्जस्थित टिचिङ अस्पताल उपचाररत ५१ वर्षीया उपाध्यक्ष लामाको शनिबार निधन भएकी हुन् । उनी गत असोज १९ गतेदेखि स्वास्थ्यमा समस्या देखापरेपछि टिचिङ अस्पतालमा थिए भने उनलाई ब्लड क्यान्सर रोग देखा परेको अस्पतालले जनाएको थियो ।
सिन्धुपाल्चोक काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका उनी सिन्धु काँग्रेसका सभापति विकास लामाकी पत्नी हुन् ।
स्थानीय तहको निर्वाचनमा एमालेका सरस्वती अधिकारीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
लामाको निधन प्रती सिन्धुपाल्चोक कांग्रेसले शोक बकतब्य जारी गर्दै सोकाकुल परिवार जन मा समबेदना प्रकट गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button