समाचार

बागमतीमा तेस्रो अध्यक्ष कप हुने,प्रथम पुरस्कार एक लाख

प्रकाश थिङ/ललितपुर बागमती गाउँपालिकामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता-२०७८ हुने भएको छ । गाउँपालिकाको आर्थिक सहयोग रहने प्रतियोगितामा बागमती खेलकूद विकास समितिको सहकार्य रहने अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

अध्यक्ष लोप्चनका अनुसार बागमती गाउँपालिका भित्रका युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही कार्तिक १३ देखि १७ गतेसम्म हुने प्रतियोगितामा पालिकाभित्रका घुसेल, माल्टा, भट्टेडाँड, प्युटार, ईकुडोल आश्राङ, गिम्दि गरी ७ वडाभित्रका युवाहरुले खेल्न पाउने अध्यक्ष लोप्चनले बताए । यसपटक कोरोना भाइरस (कोभिड-१९)ले गर्दा खुल्ला अध्यक्ष कप गर्न नपाएको गापा अध्यक्ष लोप्चानको भनाइ छ ।

‘ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र बागमती गाउँपालिका लागि खेल ‘ भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिताको बिजेताले १ लाख, उपविजेतालाई ५० हजार र तेस्रो र चौथो ले १५,०००/१५,००० सहित ट्रफी प्रमाणपत्र नगदसहित शिल्ड, मायाको चिनो लगायत वितरण गरिने बागमती खेलकुद विकास समितिका अध्यक्ष बुद्धराज नेगीले जानकारी दिए । बागमती गाउँपालिका-४, प्युटारको खयरघारी खेलकुद मैदानमा प्रतियोगिता हुने भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button