समाचार

तामाङ पत्रकार माहासङ ललितपुरको अध्यक्षमा थिङ सर्वसम्मत

ललितपुर /तामाङ पत्रकार संघ ललितपुर को तेस्रो अधिवेशन आज सम्पन्न भएको छ ।तामङ पत्रकार संघको केन्द्रिय अध्यक्ष बिष्णु तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमले नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो।
साहिला तामाङ्को अध्यक्षतामा सम्पन्न भएको अधिबेशनले प्रकाश थिङ अध्यक्ष ,कबिराज तामाङ उपाध्यक्ष ,खुसी थिङ सचिब साथै बुद्ध राम तामाङ कोषाध्यक्ष सहित नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो भने प्रदेश प्रतिनिधि साइला तामाङ, खुसी तामाङ र केन्द्रिय प्रतिनिधिको लागि जिबि तामाङ,शान्ती तामाङ छनौट हुनुभएको थियो।
अधिबेशनलाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार माहासङ सदस्य सन्जु ब्लोनले तामाङ पत्रकार हरुको स्थर उन्नती र पत्रकार हरुको हकहितको लागि निरन्तर लडिरहने बताउनु भयो।तामाङ पत्रकार माहासङको सुरुवात ललितपुर बाट भएर हाल १९ जिल्लामा बिस्तार भैसको र आगामी दिनहरूमा देशब्यापी बन्ने समेत स्पस्ट पार्नु भयो।नव निर्वाचित अध्यक्ष प्रकाश थिङ कलियुग नयुज डट कामको बजार प्रमुख साथै समाचार दाता हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button