समाचार

घुसेलमा सुभकामना तथा चियापान कार्यक्रम समपन्न

प्रकाश थिङ/ललितपुर नेपाली काँग्रेस वागमती गाउँपालिका १ घुसेल कार्य समितिको मुख्य आयोजनामा ,दीपावली ,नेपाल सम्बत , तथा छठको अवसरमा शुभकामना आदानप्रदान चियापान र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।पुर्व अर्थ राज्यमन्त्री उदय शम्सेर राणाको प्रमुख आतिथ्य नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सचिब मिनकृष्ण महर्जनको विशेष आतिथिमा भएको कार्यक्रममा जिल्ला क्षेत्र पालिकास्तरीय नेताहरुको उपस्तिथि रहेको थियो।नेपाली काँग्रेसका विभिन्न भातृसंगठनका नेताहरूको सहभागी समेत रहेको थियो।
कार्यक्रमले पार्टीका संस्थापक अग्रजहरुलाइ सम्मान गर्नुको साथै अन्य पार्टी परित्याग गरि आएकाहरुलाइ पार्टी प्रबेश गराइएको थियो।नेपाल आइडल सिजन एक का टप तीनमा परेको प्रताप दास, लाइभ ब्यान्डका कलाकार हरुको प्रस्तुति , स्थानीय नृत्य र अन्य दोहोरी गायक गायिकाले सांगीतिक प्रस्तुतिले मनोरञ्जन गराएको थिए। बागमती गाउँपालिका वार्ड नं १ घुसेल मानेगाउँमा भएको उक्त कार्यक्रमको सभापतित्व गाउँ कार्य समितिका सभापति गोविन्द गौतमले गरेको थिए भने कार्यक्रम संचालन गाउँ कार्य समितीका सचीव नवराज महतले गरेको थिए। महिला संघ घुसेलले मंचमै भैली खेलेको थियो । तरुण दल गाउँ कार्य समिती ,नेपाल बिद्यार्थी संघ गाउँ कार्य समिती र महिला संघ गाउँ कार्य समिती घुसेल समेत आयोजक रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button