समाचार

माओबादी केन्द्रको पालिका सम्बेलन सम्पन्न

ललितपुर / नेपाल कम्युनिस्ट पाटी माओबादी केन्द्रको दोश्रो बागमती गाउपालिका सम्बेलन सनिबार सम्पन्न भएको छ।ललितपुर जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हरि दहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले ५५ सदस्यीय कार्यसमिति गठन गरेको छ।गाउपालिका अध्यक्ष भक्त बाहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको सम्बेलन बाट अध्यक्ष महेन्द्र घिमिरे,उपाध्यक्ष राम शरण चौरेल,कमला थापा मगर,रमेश मोक्तान ,सचिब ग्यान बाहादुर मोक्तान,सहसचिब ठाकुर घिमिरे, कोषाध्यक्ष चन्द्र बाहादुर भुलुन लगाएत ५५ सदस्यीय कार्यसमिति गठन गरेको छ।
बागमती गाउपालिका ३ भट्टेडाडामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नेता राजु आले मगर, दिपक घिमिरे बेल बाहादुर लामा लगाएत कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो।

तस्बिर सागर घिमिरे

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button