राजनीति

राप्रपा अध्यक्ष लिङ्देनले लिए सपथ,दललाइ बैकल्पिक शक्तिको रुपमा उभ्याउने उद्द्घोष

काठमान्डौ,२० मङ्सिर २०७८ /   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराही स्थित केन्द्रिय कार्यालयमा आज सपथ ग्रहण गरेका छन।
सपथग्रहण्को क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फ उन्मुख रहन कार्यकर्तालाई निर्देशन दिए ।
लिङ्देनले थापालाइ लक्षित गर्दै पार्टीको एजेण्डालाई कार्यान्वयन गराउन प्रष्ट अडान नलिएकाले चुनावमा पराजय भोग्न परेको जिकिर गर्नु भयो ।उनले पहिलेका कमी कमजोरीबाट शिक्षा लिएर महाधिवेशन प्रतिनिधिको भावनाअनुसार आगामी निर्वाचनमा आफ्नो दललाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराइने प्रतिबद्धता समेत व्यक्त गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button