जीवनशैलीसमाचार

तामाङ पुस्तकालयको लागि यौञ्जन द्वारा पँच लाख आर्थिक सहयोग घोषणा

प्रकाश थिङ,२५ मङ्सिर २०७८/  काठमाडौं महानगरपालिका,बौद्ध अंगदधारामा रहेको तामाङ भवनमा शुक्रबार तामाङ राष्ट्रिय पुस्तकालयको उद्वाघाटन कार्यक्रममा सम्पन्न भएको छ।
कार्यक्रममा जापानका लागि नेपाली पूर्वराजदूत डा.गणेश योञ्जनले पुस्तकालयको औपचारिक उद्घाटन गर्नुभएको हो।योञ्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पुस्तकालय सञ्चाल गर्नको लागि रु ५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गर्नु भयो।
भाषाविद् अमृत योञ्जनद्वारा लिखित तामाङ भाषा सिक्ने हाते पुस्तक “तामाङ ताम”पनि विमोचन गरिएको छ । कार्यक्रममा मानवशास्त्री डा.मुक्तसिंह तामाङ नेपाल तामाङ घेदुङका अध्यक्ष पदाधिकारी विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थिति थियो।कार्यक्रममा तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालक समितिका अध्यक्ष एवं भाषाविद् अमृत योञ्जन तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button