कृषि

घुसेलमा तीन दिने बाख्रापालन तालिम सम्पन्न

प्रकाश थिङ,२५मङ्सिर २०७८/  ललितपुरको बागमती गाउँ पालिका वडा नं १ घुसेलमा रहेको बहुउद्देश्यीय सामुदायिक विकास सेवाको आयोजनामा तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ।घुसेलमा बाख्रा पालन गर्दै आइरहेका १९ जना किसानहरुलाई भेटनरी डा.सबिन तिमल्सिनाले तालिममा सहभागीहरुलाई बाख्राको खोर निर्माण ,घाँस खेती , बाख्राको जात पहिचान गर्ने,रोगको जानकारी र बजारीकरणको बारेमा तालिम दिनुभएको  थियो।मंसिर २३ गतेबाट सुरु भएको तालिम २५ गते सम्म संचालन भएको हो।वडा सदस्य संगिता नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी किसानले आफ्नो बाख्रालाई व्यवस्थापन गर्ने तरिका जान्न पाएकोमा खुसी भएको कुरा व्यक्त गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button