अन्तर्राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।

विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् ।

सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाई यात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिनुभयो । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० ९गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले० वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

आन्तरिकतर्फ हवाई यात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।

Related Articles

Back to top button