राजनीतिसमाचार

कांग्रेस सहमामन्त्रीमा माहालक्ष्मी,जीवन र भिष्मराजको सानदार जित

 

ललितपुर ,२ पौष ०७८/ नेपाली काँग्रेसमा महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याइन् ।
महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बद​र भएको काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । यसैगरी दलित तर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले दुई हजार २१२ मत ल्याएर विजयी भए ।

हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरे । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो । त्यस्तै काँग्रेसको जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे दुई हजार ७११ मतका साथ विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी विकास लामाले विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे । आदिवासी जनजातितर्फ कूल चार हजार ६८१ मत खसेको थियो । काँग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button