अन्य

उपत्यका लगाएत देसैभर चिसो बढ्यो,पाहाडी भेगमा हिमपात तराइमा सितलहर

ललितपुर ,७ पौष ०७८/जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराइका थोरै भू–भागमा हुसु–कुहिरो रहेको छ।

जल तथा मौसम बिज्ञान बिभागले आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण

(बुधबार) दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

(बिहीबार) दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरुका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

(शुक्रबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button