कांग्रेस नेता लामाद्वारा ७० लाख सहयोग घोषणा

प्रकाश थिङ,८ पौष ०७८// नेपाली कांग्रेसका नेता रामकृष्ण लामा ‘इन्द्र’ ले ७० लाख रुपैयाँको सहयोग घाेषणा गरेका छन्। लामाले नेपाली काँग्रेस ललितपुर १ को क्षेत्रीय पार्टी कार्यालय भवन निर्माणका लागि ५० लाख, साेही निर्वाचन क्षेत्रमा पर्ने ३० वटा पार्टी वडा कार्यालय भवन निर्माणका लागि १५ लाख रुपैयाँ र पार्टी अक्षय काेष निर्माणका लागि ५ लाख रुपैयाँ गरी ७० लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन्।
लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय सभापति पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हुन्। उनले पार्टीमा गरेको याेगदानकाे मुल्यांकन गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल आदिवासी जनजाति महासंघले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको थियो।
आफु पराजित भएपनि राजनीति र सामाजिक सेवालाई अझ सक्रिय बनाउदै लैजान आफुले उक्त सहयोग घोषणा भएको तामाङले बताए।
लामाले आफूलाई लोकप्रिय नेताका रुपमा स्थापित गर्न विभिन्न समस्यामा परेका मानिसहरु, गरिव, असाह्यहरु तथा व्यावसायिक कार्यमा लाग्न चाहनेहरु समेतलाई सहयाेग गर्दै आएका छन्।