समाचार

आदिबासी जनजाती पत्रकार माहासंघ ललितपुरमा श्रेष्ठ बिजयी

ललितपुर,११ पौष ०७८/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा आज भएको पाँचौ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनिता बटाजु, सह-सचिवमा शुभप्रभात राई र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

अधिवेशनमा फोनिजलाइ एकताबद्ध, सुदृढ र सक्रिय बनाउन सबै फोनिजका सदस्यलाई लाग्न अध्यक्ष श्रेष्ठले अग्रह गरेको छन् । उनले आफुले कार्यसमितिको भावना, चाहना र आवश्यकता अनुसार अगाडी बड्ने भन्दै अध्यक्षभन्दा पनि सहपाठी साथीको रुपमा काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button