अन्तर्राष्ट्रियसमाचार

कोरोना(ओमिक्रोन) बढेपछी नयाँ दिल्लीमा कर्फ्यु लगाउने तयारी

कलियुग, १३ पौष ०७८// भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढ्न थालेपछि नियन्त्रण गर्न कर्फ्यु लागु हुने भएको छ। दिल्ली सरकाले आज (सोमबार)देखि रातिको समयमा कर्फ्यु लागु गर्ने घोषणा गरेको हो।
दिल्ली सरकारलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ, ‘सोमबारबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुनेछ।’ नयाँ वर्ष सन् २०२२ को अवसरमा हुन सक्ने भीडभाड र त्यसले बढाउने संक्रमणको जोखिमलाई मध्यनजर गरेर सावधानीको लागि रात्रीकालीन कर्फ्युको निर्णय गरिएको हो। दिल्लीमा आइतबार थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button