राजनीतिसमाचार

एमाले ललितपुरको आठौ जिल्ला अधिबेशन पाटनमा हुने,अध्यक्षको लागि संजेलको आन्तरिक तयारी भब्य

ललितपुर,१४ पौष ०७८// नेकपा एमाले ललितपुरको आठौ जिल्ला अधिवेसन यहि २३ र २४ गते पाटन मंगलबजारमा हुने भएको छ।पौष २३ गते उदघाटन सत्र रहने छ भने २४ गते बन्द सत्रको कार्यक्रम रहने बताइएको छ।

वर्तमान अध्यक्ष हरिकृष्ण व्यञ्जनकार १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भए संगै अब नयाँ नेतृत्व चयन हुने पक्का देखिएको छ।नयाँ नेतृत्व आउने भए पछि नेकपा एमाले ललितपुर भित्र चुनाबी सरगर्मी बढिरहेको छ।

ललितपुर जिल्ला सचिव पुरुषोत्तम आचार्यले पनि अध्यक्षको लागि दावी गरिरहेका छन् भने ३ नं क्षेत्रका प्रेमभक्त महर्जन, २ नं क्षेत्रका प्रेम महर्जन लगायतको पनि चर्चा छ । तर महर्जनद्वय विगतमा माधवकुमार नेपालको समानान्तर कमिटिबाट आएका हुँदा उनीहरुको सम्भावना कम रहेको एमाले स्रोतको दावी छ

त्यसैगरी अध्यक्षमा प्रदेश सांसद चेतनाथ सञ्जेलको चर्चा पनि हुन थालेको छ।गत निर्वाचन बाट ललितपुर “ख”प्रदेस सांसद बिजयी हुनु भएका नेता संजेल ललितपुरका बलियो उमेदवारको रुपमा हेरिएको छ।आफुले आध्यक्ष हुन्छु भनेर बाहिरी प्रचार प्रसार नगरे पनि संञ्जेलले आन्तरिक रुपमा भब्य तयारी गरिरहेको श्रोतको भनाइ छ।
एमाले नेता संजेल गत निर्वाचनमा नेपाली कांग्रेस प्रदेस”ख” उमेदवार मीन कृष्ण महर्जन लाई पछि पार्दै बिजयी भएका थिए।
नेकपा एमालेको दसौं राष्ट्र्य माहाधिबेसन चितवनमा सम्पन्न भैसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button