राजनीतिसमाचार

नेपाल बिद्यार्थी संघ ललितपुर क्षेत्र १ ले संगठन बिस्तार लाई तिब्रता दिदै

ललितपुर ,नेपाली कांग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघले ललितपुर क्षेत्र नं१ भित्र पर्ने बागमती गाउपालिका भित्र को सम्पुर्ण बिधालयमा संगठन बिस्तार कार्य समपन्न गरेको छ।

बागमती गाउपालिका अन्तर्गत घुसेलमा देबराज लो, कालिदेबी उच्च माबी माल्टा बाट सुमन लुङ्वा,माहाकाली देबि मा बि भट्टेडाडा बाट उत्तम घिमिरे,सारदा शिक्षा सदन माबी माझखण्ड र जन जागृति माबी सानू चिला बाट क्रमस सुचना बल र निर्जल घिमिरे, बिध्यादेश्वरी माबी आस्राङ बाट समीर घिमिरे, नारायणी माबी र जनक माबी गिम्दी बाट क्रमस रिकेश दुलाल र जीवन गोले अध्यक्ष सर्वसम्मत चयन भएको छन।

त्यसै गरि क्षेत्र नं१ मा बाकी रहेको स्थानिय तह कोन्ज्योसोम गाउपालिका र माहाङंकाल गाउपालिका भित्र रहेका बिधालय हरुमा पनि यथा सिघ्र संगठन बिस्तार हुने क्षेत्रीय सभापती राज कुमार थिङ ( लामा) ले जानकारी दिए।लामाले आसन्न स्थानिय निर्वाचन लाई मध्यनजर राख्दै संगठन बिस्तार गरिएको र १ नं भित्रको सबै स्थानीय तह हरुमा कांग्रेस लाई बहुमत दिलाउन यो कार्यक्रम उपयोगी रहेको बताउनु भयो ।

क्षेत्र १ भित्र पर्ने एक मात्र नगरपालिका गोदावरी नपा मा पनि तिब्र गतिले संगठन बिस्तार भएरहेको नगर सभापति बिबेक आचार्यले बताउनु भयो। आचार्यका अनुसार नगरपालिकाको अधिकांस बिधालयमा संगठन बिस्तार भैसकेको छ भने केही बिधालय हरुमा प्राबिधिक कारण ले रोकियको त्यो यथा सिघ्र सप्पन्न गर्ने तयारी रहेको समेत प्रष्ट पार्नु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button