राजनीतिसमाचार

कांग्रेस ललितपुर कार्यसमितिले सम्पन्न गर्यो धन्यबाद ग्यापन कार्यक्रम

प्रकाश थिङ,१८ पौष ०७८// कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले मेलमिलाप दिवसको अवसरमा सुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्नु हुदै मन्त्री खाणले “कांग्रेस बलियो छ छैन परिक्षण गर्ने काँग्रेसको आन्तरिक महाधिवेशनले होइन, आम निर्बाचनले हो,विगतमा कांग्रेसले निर्वाचन हार्दा कांग्रेस मात्रै कमजोर नभएको बताउँदै उहाँले मुलुक कमजोर हुन पुगेको बताउनुभयो।”

उहाँले कांग्रेस कमजोर हुँदा तत्कालिन सत्तासीनहरुले लोकतन्त्र र संविधानको धज्जी उडाउने काम गरेको बताउँदै कला-संस्कृति, पुरातत्विक परम्परा, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता रक्षाका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो।

कांग्रेसको १४औं महाधिवेशन ललितपुरबाट केन्द्रीय सदस्यमा निर्वाचित निवर्तमान पार्टी सभापति मदनबहादुर अमात्य, नेपाल सरकारका पूर्व अर्थराज्यमन्त्री एवम तरुण दलका पूर्वअध्यक्ष उदय शम्शेर राणा, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र महिला नेतृ उर्मिला के सी नेपाल बागमती प्रदेशमा निर्वाचित उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषि राम घिमिरे,सदस्यहरु राजिवराज पौडेल,प्रविणा शर्मा,माहान अर्याल, तारादेवी दुलाल पन्त, लक्ष्मी महर्जन र मोहमद मुकिमलाई बधाई तथा सम्मान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button