स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै,आज एकैदिन ४३५ जनामा कोरोना पुष्टि

ललितपुर,२१ पौष ०७८// नेपालमा आज एकैदिन कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३७० र एन्टिजेन विधिबाट ६५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म ५२ सय २५ जना संक्रमितको देशभर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button