राजनीतिसमाचार

नेकपा ललितपुरमा युवा नेतृत्वको चर्चाका बीच पुरुषोत्तमको पल्लाभारी बन्दै, लाज पचाउदै पौडेल

ललितपुर ,२२ पौष ०७८// आगामी शुक्रबार देशैभर नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ। अधिवेशन आउँ १ दिन मात्र बाँकी रहँदा सबै जिल्लामा व्यापक तयारीका साथै चुनावी सरगर्मी चलिरहेको छ।

सबैजस्तो ललितपुरमा पनि अधिवेशनको तयारी तीव्र पारिएको छ भने जिल्लाको नयाँ नेतृत्वका लागि पनि रस्साकस्सीको माहोल तातिरहेको छ । अध्यक्षका लागि पार्टी प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद चेतनाथ संजेल र जिल्ला सचिव तथा युवा नेता पुरुषोत्तम आचार्य प्रमुख आकांक्षीका रुपमा खुलेका छन्। पछिल्लो वातावरण हेर्दा दुबैले दावी नछोड्ने स्थिति देखिएकाले चुनावी हुनसक्ने पनि जिल्ला स्रोतको भनाई छ ।

यसैगरी अध्यक्षका लागि युवा नेतृत्वको माग पनि उठ्न थालेको छ । युवा पङ्क्तिको प्रतिनिधित्व गर्दै दावेदारी प्रस्तुत गरेका पुरुषोत्तम आचार्यको पक्षमा युवा प्रतिनिधिहरु अधिकांश खुलेका छन् । साथै जिल्ला तथा माथिलो तहबाट सर्वसम्मतिको प्रयास पनि भईरहँदा सर्वसम्मत नै भए पनि त्यो आचार्यकै पक्षमा हुने युवा स्रोतको दावी छ। गत मंगलबार जिल्लाभरका सबै वडाबाट प्रतिनिधि छनोट भएर आएपछि आएका प्रतिनिधिको भावना बुझ्दा ३ वटै निर्वाचन क्षेत्रमा आचार्यकै पक्षमा पल्लाभारी हुने स्थिति देखिएको उनीनिकट एक नेताले हामिलाइ बताए।

अर्का दावेदार चेतनाथ संजेल पनि पार्टीको प्रदेश कमिटि सदस्य रहेको अवस्थामा उनलाई माघ ८ मा हुने प्रदेश अधिवेशनबाट प्रदेश कमिटि सचिवालयमा लैजान सबैले पहल गर्नुपर्ने माग पनि चौतर्फी रुपमा जिल्ला तहमा उठ्ने गरेको छ। आचार्य र संजेल दुवै पार्टीलाई उत्तिकै आवश्यक पर्ने नेता भएको हुँदा २ जना आपसमा लड्नु दुवै जनाको लागि हानिकारक हुने र त्यसले गर्दा तेस्रो पक्षलाई फाईदा हुने बताईन्छ। बुधबार सम्पन्न पार्टीको अन्तिम जिल्ला कमिटि बैठकमा पनि आपसमा नलड्न र मिलेर सर्वसम्मतिका लागि पार्टी पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रिय सदस्य तथा वर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण व्यंजनकार लगायतले दवाब दिएका थिए।

लाज पचाउँदै मधुसुदन

यसैबीच जिल्ला अध्यक्षमा पार्टी प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेलको पनि चर्चा हुन थालेको छ। विगतमा २ कार्यकाल जिल्लाको नेतृत्व गरेका पौडेल आफ्नो स्पष्ट राजनीतिक अडान र हैसियत बनाउन नसकेका पात्रका रुपमा चिनिन्छन। एमालेको नवौं र दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवार भई पराजित भएका उनी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार भई पराजित भएका थिए। कार्यकर्ता तहमा समेत आफ्नो प्रभाव जमाउन नसकेका उनी अहिलेको जिल्ला अधिवेशनमा चेतनाथ संजेल र मधुसुदन पौडेललाई आपसमा भिडाएर आफु अध्यक्ष बन्ने दाउमा रहेको एक जिल्ला कमिटि सदस्यले आरोप लगाए। आफ्नो स्पष्ट अडान नभएकै कारण उनी आगामी स्थानीय निर्वाचनामा गोदावरी नगरपालिकाको प्रमुखमा लड्ने भन्ने चर्चासमेत आम एमाले वृत्तमा छ। यसरी लाजै पचाएर जता पाइन्छ उतै लाग्ने उनको स्वभाव लज्जास्पद रहेको भनाई छ। एक अभिभावकको नाताले पार्टी सुदृढीकरणमा लाग्नुपर्ने उनी आफैं सबैतिर पदको लागि दौडदा आम कार्यकर्ताहरु रुष्ट बनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button