खेलकुद

बज्रबाराहीमा चौथो मेयरकप क्योकुशिनकाई कराते प्रतियोगिता शुक्रबारबाट हुने

ललितपुर ,२२ पौष ०७८// ललितपुरको चापागाउँमा प्रथम नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते प्रतियोगिता तथा चाैथाे मेयर कप क्याेकुशिन कराते प्रतियोगिता हुने भएको छ। नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते फाउण्डेशनको आयाेजना यही पाैष २३ गते शुक्रबारदेखि प्रथम नेपाल फुलकन्ट्याक इन्काेर्पाेरेटेड क्याेकुशिन कराते प्रतियोगिता चाैथाे मेयर कप क्याेकुशिन कराते प्रतियोगिता हुने कार्यक्रम तय भएको ब्रान्च चिफ जय देसारले जानकारी दिए ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट खेलाडीहरुले भाग लिने छन्। ब्रान्च चिफ जय देसारका अनुसार देशभरबाट १२० भन्दा बढि खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पुरुषतर्फ अण्डर ३० केजी, ३५, ४०, ४५, ५० र ५५ केजीका साथै खुला तौल समूहमा समेत प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ४० केजी, ५० केजीका साथै खुला तौल समुहमा समेत प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन समेत गर्ने छन् ।
कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रमा याेगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेकाे छ।
देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने आवश्यक प्रबन्ध समेत आयोजकले नै व्यवस्थापन गरेको छ।
प्रतियोगिताको उद्घाटन समारोह र समापन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button