स्वास्थ्य

धना फाउण्डेशनको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न

ललितपुर // विगत लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील समाजसेवी धना आचार्यको नामबाट स्थापना भएको धना फाउण्डेशनको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा सञ्चालन गरिएको सो निःशुल्क शिविरबाट ८० जनाले सेवा लिएका छन् ।

गरिब तथा न्युन आय भएका परिवारहरुलाई सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको सो शिविरमा निःशुल्क उपचार, निःशुल्क औषधी तथा निःशुल्क एक्सरे सेवा उपलब्ध गराइएको फाउण्डेसनकी अध्यक्ष धना आचार्यले जानकारी दिइन । नयाँ दाँत राख्ने कार्यमा भने कुल खर्चको ६० प्रतिशत फाउण्डेसनले वेहोर्ने उनले बताइन । सो निशुल्क शिविरमा युनिभर्सल डेण्टल हस्पिटल नागार्जुन स्युचाटार काठमाडौंको सहयोग रहेको थियो । सो अवसरमा जनचेतासँगै उपचार पनि पाएको भन्दै स्थानीय खुसि व्यक्त गरेका थिए ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button