खेलकुद

गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी गठन

ललितपुर //राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गाेदावरी नगरपालिका समिति गठन भएको छ। शुक्रबार गाेदावरी नगरपालिका वडा नं. १३ स्थित भलि पुँच:मा भएको खेलाडीहरुकाे भेलाले बुद्धिबहादुर श्रेष्ठकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेकाे हाे । समितिमा ३ जना उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, काेषाध्यक्ष र १२ जना सदस्यहरु रहेका छन्।
समितिकाे उपाध्यक्षमा जय देसार, दिनेश नगरकाेटी र सुरेन्द्र कपाली चयन भएका छन्। भेलाले सागर चित्रकारलाई सचिवकाे जिम्मेवारीमा चयन गरेको छ । सहसचिवहरु विन्दा धन्के श्रेष्ठ र सराेज खत्रीलाई चयन गरेको छ। बाँकी एक जना सहसचिव समितिले आगामी बैठकबाट चयन गर्ने जनाएको छ। भेलाकाे निर्णय अनुसार मनाेज आचार्य काेषाध्यक्षमा चयन भएका छन्।
समितिकाे सदस्यमा रवि सिल्वाल, सुमित्रा नगरकाेटी, राजु तामाङ, विशाल तामाङ, महेश महर्जन, नरेन्द्र देसार, दिलिप देसार, भुवन सिल्वाल, नारायण देसार, जयराम भुलुन, कविन देसार र अनिल महर्जन चयन भएका छन्।
त्यस्तै भेलाले समितिकाे सल्लाहकारहरुमा दिल महर्जन, हेराकाजी देसार, दयाराम महर्जन, सागर श्रेष्ठ र विशालमान श्रेष्ठलाई चयन गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गाेदावरी नगरपालिका समितिकाे केन्द्रीय अध्यक्ष दिपक श्रेष्ठ छन्। श्रेष्ठ आठौं र नवोैं साफ गेम विजेता हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button