राजनीतिसमाचार

साना मात्र होइन ठूला कसुरदारलाई पनि कानूनको दायरमा ल्याउन अख्तियारलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदार मात्र नभई ठूला प्रकृतिका कसुरदारको पहिचान  गरी उनीहरुलाई कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँमा आज आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति पौडेलले साना कसुरदारलाई मात्र नभई ठूलालाई पनि ल्याउन अख्तियारलाई आग्रह र गर्नुभयो ।पूर्वाग्रह नराखी हकमा संस्थागत सुदृढीकरणका लागि राज्यका अन्य अङ्गहरूसँग पनि बेलाबखत परामर्श गर्नुपर्ने सुझाव दिनुभयो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

Related Articles

Back to top button