विज्ञान

हल्का वर्षा र हिमपात आगामी तीन दिन सम्म रहने

ललितपुर / हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात भईरहेको छ ।
मौसम पुर्वानुमान माहाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार अझै तीन दिन मौसममा सुधार नआउने देखिएको छ।
आगामी तीन दिनको मौसम एस प्रकारको रहने छ।

२०७८ माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०८ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

२०७८ माघ ०९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी पहाड तथा तराईका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button