अन्य

बर्ष २०७९ को पात्रो तयार,गाई तिहारको दिन शुर्यग्रहण

ललितपुर // नेपाल पञ्चाङग निर्णायक समितिले वर्ष २०७९को पात्रो तयार पारेको छ ।
आगामी माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिएको पात्रो अनुसार दसैंको टीका असोज १९मा परेको छ भने मध्ये तिहारमा चन्द्रग्रहण लाग्ने जानकारी दिइएको छ ।
वैशाखे पूर्णिमा, बुद्धजयन्ती तथा उभौली पर्व जेठ २ गते परेको छ । शिव र पार्वतीको विवाह भएको दिन अक्षय तृतिया वैशाख २० मा परेको छ ।

असार २६ मा हरिशयनी एकादशी परेको छ भने असार २९मा गुरु पूर्णिमा परेको छ । नागपञ्चमी साउन १७ मा परेको छ भने साउन २७ मा जनै पूर्णिमा परेको छ । तिथिका कारण गाइजात्रा पनि त्यही दिन परेको छ ।

भदौ ३ गते कृष्ण जन्माष्टमी परेको छ भने भदौ ११ मा बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी परेको छ । तीज भदौ १४ मा परेको छ भने इन्द्रजात्रा भदौ २४मा परेको छ । गौरापर्व भदौ १८ मा परेको छ ।

समितिका अनुसार भदौ २६ गते सोह्रश्राद्ध सुरु भई असोज ९ गते सकिने छ।असोज १० गते घटस्थापना परेको छ भने १६ गते फूलपाती परेको छ,१७ गते महाअष्टमी, १८ गते महानवमी परेको छ टीका असोज १९ गते परेको छ भने असोज २३ मा कोजाग्रत पूर्णिमा परेको छ।

कात्तिक १० गते भाइटीका परेको छ ,कात्तिक ६ गते कागतिहार छ भने कात्तिक ७ गते कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ,कात्तिक ८ गते गाईतिहारको दिन सूर्यग्रहण परेको छ त्यसदिन ग्रहणले ढाकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।छठ पर्व कात्तिकमा परेको छ भने कात्तिक १८ मा हरिबोधनी अर्थात् ठूली एकादशी परेको छ ।

मंसिर १२ मा विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीमा विवाह गर्न चाहनेले साइत हेराउनुनपर्ने मान्यता रहिआएको छ
समितिका अनुसार २०७९ मा ५० भन्दा बढी विहेका लगन रहेका छन् भने वैशाख र जेठमा विहेका लगन बढी छन् ।

समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमितिसहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृतिसमेत दिइसकेको छ।विक्रमसम्मत २०७९मा अधिकमास अर्थात् मलमास परेको छैन । त्यसैले मुख्य चाडहरु अगाडि सरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button