खेलकुदसमाचार

आइडब्लुएफएन ठैब डोजोका २२ जना खेलाडीको ग्रेडिङ,चार जना भए उत्कृष्ट

प्रकाश थिङ,ललितपुर // आइडब्लुएफएन ठैब डोजोका २२ जना खेलाडीलाई बेल्ट ग्रेडिङ गरिएको छ।
सनिवार ललितपुर गोदावरी नगरपालिका १४ ठैबमा रहेको डोजोको कार्यालयमा खेलाडीहरुलाई ग्रेडिङ गरिएको हो।

आईडब्लुएफएन कराते संघका केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक बुद्धराज नेगीको मुख्य आतिथ्यतामा खेलाडीलाई बेल्ट ग्रेडिङ गरिएको डोजोले जनाएको छ।
ग्रेडिङ गरिएकोमा ह्वाइट बेल्टदेखि ब्राउन बेल्टसम्म रहेको छ। बेल्ट ग्रेडिङमा चार जना खेलाडी उत्कृष्ट घोषित गरिएको थियो। ब्लु बेल्टबाट सुप्रिया घिसिङ, ग्रिन बेल्टबाट देबिका थोकर, ब्लुबाटै आरएन मानन्धर, अरेन्जबाट अर्जुन सुनार उत्कृष्ट घोषित भएको ललितपुर जिल्ला आईडब्लुएफएन कराते डोजोका संघको जिल्ला अध्यक्ष प्रबिन स्याङ्तानले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button