कृषि
दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

ललितपुर // नेपाल दुग्ध विकास संस्थान(डीडीसी)ले दूधको उपभोक्ता मूल्य दर भाउ आजदेखि लागू हुनेगरी प्रतिलिटर ९ रुपैयाँ बढाएको छ।
गत बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्याएको हो।बढेको ९ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रूपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको छ।
यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो। यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो।
उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन्। वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको छ।