खेलकुद

नेपाल खेलकुद महासंघ उपत्यका प्रदेशको अध्यक्षमा केशव ब्यन्जनकार

काठमाडौ // कम्युनिष्ट पार्टी एमाले निकट नेपाल खेलकुद महासंघ उपत्यका प्रदेश विशेष कमिटिको प्रथम अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट केशव व्यंजनकारको अध्यक्षतामा ७१ सदस्यीय नयाँ उपत्यका प्रदेश विशेष कमिटि समेत सर्वसम्मत रुपमा चयन भएको छ।

कमिटिका अन्य पदाधिकारीहरुमा भागवत सापकोटा उपाध्यक्ष,विकास राजवाहाक सचिव,विश्वास श्रेष्ठ र श्री थापा सहसचिव तथा सरोज विष्ट कोषाध्यक्ष रहेका महासंघका ललितपुर जिल्ला कमिटि सचिव रमेश तामाङ्गले जानकारी दिएका छन्। अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि एबम नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशललाई चिनाउने प्रमुख माध्यम खेलकुद क्षेत्र रहेको भन्दै खेलकुद क्षेत्रलाई माया गर्ने पार्टी एमाले रहेको समेत दावी गरे।

यसैगरी बन्दसत्रका प्रमुख अतिथि एबम महासंघका केन्द्रिय इन्चार्ज, पूर्वमन्त्री गोकुल बास्कोटाले देशका ७५३ वटै स्थानीय क्षेत्रमा खेलकुद क्षेत्रको विकास विस्तार गर्दै त्यसको लागि सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोस दिए। साथै स्थानीय तहले बजेट विनियोजनको बारेमा ज्ञात राख्नुपर्ने उनको भनाई छ। आगामी तीनै तहको निर्वाचनमा पार्टीको भात्री संगठनको नाताले हरेक चुनावी अभियानमा खेलकुद महासंघको झण्डा पनि देखाएर पार्टी निर्माण तथा विजयी अभियानमा खेलकुद क्षेत्रको पनि प्रतिनिधित्त्व भएको हुनुपर्ने बास्कोटाले बताए।

महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले देशको विकासमा खेल क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको विकास विस्तारका लागि राज्यले थप पहलकदमी लिनुपर्ने बताए। महासंघका निवर्तमान अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य रमेश पौडेलले पनि महासंघले असल खेलाडी उत्पादन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेलकुदको माध्यमबाट देशको पहिचान उच्च राख्नका लागि भूमिका खेलोस भन्दै शुभकामना व्यक्त गरे। नयाँ कमिटि पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महासंघका काठमाडौँ जिल्ला इन्चार्ज सफल श्रेष्ठले असल खेलाडी बन्नका लागि सबैलाई आग्रह गरे। सो कार्यक्रममा राष्ट्रिय अन्तराष्ट्रिय खेल क्षेत्रमा विभिन्न पदक जित्ने खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button