राजनीतिसमाचार

बुखेलमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम समपन्न

कृष्ण संजेल,ललितपुर // नेपाली काङ्ग्रेस बुखेल वडा कार्यसमितिले कार्यकर्ता प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ। बागमती प्रदेश सह-महामन्त्री ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमा सपनन्न उक्त कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसको इतिहास देखि बर्तमान सम्म दक्षिण भेगमा गरेको योगदान र भाबी कार्ययोजना सहितको छलफललाई मुल एजेन्डा बनाइ समपन्न भएको कार्यक्रममा बरिस्ठ नेता मथुरा प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि रबिन्स शर्मा,खोम प्रसाद घिमिरे क्षेत्र नं १का क्षेत्रीय सचिव मथुरा बजगाई प्रदेश ” क” सचिव रमेश घिमिरे प्रदेश महाधिवेशन प्रतिनिधि चन्द्र प्रसाद तिमल्सिना शिक्षक संघका जिल्ला सचिव उद्योग प्रसाद तिमल्सिना लगायतका नेता र कार्यकर्ता उपस्थिति रहेको थियो,

कार्यक्रमको प्रशिक्षण महाधिवेशन प्रतिनिधि रबिन्स शर्मा ले दिनुभएको थियो भने कार्यक्रममा नेपाल किसान संघ र महिला संघ समेत गठन गरिएको थियो। नेपाल किसान संघ बुखेलको अध्यक्षमा भुमिनन्द संजेल र महिला संघ अध्यक्षमा मुना तिमल्सिना सर्वसम्मत चयन हुनुभएको थियो ।बुखेल उपत्यका समन्वय कमिटी र तरूण दल यस अघिनै गठन गरिसकेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button