वडा कार्यालय प्युटारद्वारा किसान हरुलाइ कृषी सामग्री बितरण

प्रकाश थिङ,ललितपुर // बागमती गाउँपालिका–४ प्युटारमा रहेका किसान हरुलाइ विभिन्न कृषि सामग्री बितरण गरिएको छ।
गत सोमबार सम्पन्न कार्यक्रममा विभिन्न प्रकारका ताजा तरकारी उत्पादन गर्ने ३० जना किसानलाई प्रती कृषक ७ किसिमका कृषि सामग्री बितरण गरिएको हो,जसमा ६x१२ 90 GSM प्लाष्टिक सिट, थोपा सिंचाइ सेट १०० लि ट्याङ्की,इम्प्रुभ सृजना गोलभेडाको बीउ, हजारी, स्टिकी ट्र्याप, साफ fungicide र टनेलको फिता जस्ता विभिन्न प्रकारका कृषि सामग्रीहरु वितरण गरिएको हो
प्युटारमा प्रशस्त मात्रामा तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा लागिपर्न वडाले वार्षिक रुपमा ३० जना किसनलाई कृषी सामग्री वितरण गर्दै अाएको हो।
निर्वाहामुखी आम्दामी लाई बढाएर व्यावसायिक कृषि तर्फ युवाहरु आकर्शित पार्ने उद्देश्यले यो कार्यक्रम गरिएको वडाध्यक्ष नारायणबहादुर घल बताउछन उनी थप्छन् हामीले पहिलो पटक ३५० किलो तरकारी बल्खु पठायौँ, हरेक किसानका तरकारी जोखी सोको टिपोट राखी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य दिई बजार पुर्याउनेमा साथ दियौ साथै तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्रका साथै अर्को एक स्थानमा पाँच हजार किलो अट्ने एक शीत भण्डारसमेत निर्माण सम्पन्न भइसकेको हुनाले अब किसान मर्कामा नपर्ने बताए।
बागमती गाउपालिका कृषि शाखाले हावापानी सुहाउने तरकारी तथा फलफूल उत्पादन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना रहेको कृषि विकास अधिकृत सुबास खनालले बताउनु भएको छ। गाउँपालिकाको कृषि विकासमा गर्दै गरेका कार्यक्रमहरूबारे वडा कार्यलयले ७५ प्रतिशत र किसानले २५ प्रतिशत साझेदारी हुने गरि अनुदानमा कार्यक्रम मार्फत प्लाष्टिक टनेल निर्माण गर्ने तरिका, टनेल खेतिबाट बढी मूल्य जाने तरकारी लगाउने प्रविधी थोपा सिंचाइ जडान गर्ने विधि बारे जानकारी दिएको बताए।
उक्त कार्यक्रममा वडा सचिब रोमा जिम्बा कृषि प्राविधिक शोभा घलान तथा लाभग्राहीहरूको उपस्थिती रहेको थियो