समाचार

बागमती गाऊपालिकाले भुकम्प पिडितहरु लाई ७०% अनुदानमा सुधारिएको चुल्लो बितरण गर्ने

ललितपुर ,बागमती गाउँपालिकाले पालिका भित्रका सम्पुर्ण भुकम्प पिडितहरूकाे लागि अनुदानमा चुलाे बितरण गर्ने भएको छ।

बागमती गाउँपालिका भित्रका सम्पूर्ण भुकम्प पिडितहरूकाे लागि नेपाल उर्जा विकास कम्पनी (प्रा.लि.)काे समन्वयमा ७०% अनुदानमा फलामको सुधारिएकाे चुलाे बितरण गर्ने भएकाे छ ।याे कार्यक्रम चैतकाे पहिलाे सातासम्म संचालन हुने छ।कार्यक्रममा समाबेश हुनका लागि अावेदन दिनुपर्ने कार्यक्रम संयाेजक गाेपाल घिमिरेले जानकारी दिए ।

कार्यक्रममा फलामको ३ मुखे चुलो,२मुखे चुलो र १ मुखे चुलो बितरण गरिने भएको छ।चुलो कम्पनी मुल्यको ७०% मुल्य पालिका र उर्जा बिकासको समन्वयमा अनुदान प्राप्त हुनेछ भने बाकी ३०% लाभ लिन चाहेका हरुले ब्यहोर्नु पर्ने छ।

बिनासकारी भुकम्प पश्चात् गाउपालिका भित्रका भुकम्प पिडितहरुको लागि विभिन्न राहत तथा अनुदानको कार्यक्रमलाई तिब्रता दिदै आइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button