जीवनशैलीसमाचार

प्रधानमन्त्री शेर बाहादुर देउवा द्वारा गोदावरीको आफ्नै प्रशासनिक भवन समुदघाटन

ललितपुर , गोदावरी नगरपालिकाको आफ्नै कार्यपालिका भवन सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गर्नु भएको छ।

विभिन्न राजनितीक दल तथा कार्यकर्ता हरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री देउवाले भन्नुभयो, “नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।” उहाँले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मरमोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गजेन्द्र महर्जनले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो

उपस्थित विभिन्न राजनितीक दल बुद्धिजीवी हरुले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button