राजनीतिसमाचार

कांग्रेस बुखेलमा पार्टी कार्यलय उद्घघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

ललितपुर,नेपाली काङ्ग्रेस महाङकाल गाउपालिका बुखेल,वडा इकाई कार्यसमितिको अस्थाई पार्टी कार्यलय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्व अर्थराज्य मन्त्री उदय शमशेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्नु हुँदै राणाले यस क्षेत्रमा बहुदल पछि कम्युनिस्ट पार्टिले पटक पटक जितेर पनि उपलब्धि दिन नसकेको बताउनु भयो,आफू निर्वाचनमा पराजित भए पनि ललितपुरको विकासमा सधै लागको नल्लु पाथिभरा हुदै उन्युचौर मानिखेल जाने मध्यमार्गी सडकलाई २ करोड बजेट पार्न सफल भएको बताउनुभयो । कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेस जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले कांग्रेस जिताउन घर घर जाउ कांग्रेस जिताउ भन्ने अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो,वडा,पालिका जिताएमा अाफु कम्तिमा वर्षको दुई चोटि यस ठाउमा आउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला उप-सभापति सुदर्शन घिमिरे,बागमती प्रदेश सह-महामन्त्री ऋषिराम घिमिरे,जिल्ला सचिव राजन घिमिरे,सह-सचिव द्वय गणेश केसि,ऋषिदेव फुयाल क्षेत्रीय सभापति सुन्दर तामाङ ,क्षेत्रीय सचिव मथुरा शर्मा प्रदेश क सभापति मिलन सिलवाल लगाएतका नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थित रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button