स्वास्थ्य

प्युटारमा पालिका स्तरीय थाङसिङटार हस्पिटल उद्घाटन सम्पन्न

प्रकाश थिङ,ललितपुर / बागमती गाउँपालिका-४ प्युटार(थाङसिङटार) मा करिब ३ रोपनी क्षेत्रफलमा पालिका स्तरीय अस्पताको उदघाटन कर्य सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्य तथा प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको विषेश अतिथिमा हस्पिटल उदघाटन गरिएको हो।

भवन निर्माणको लागि बागमती गाउँपालिका-४ प्युटारका स्थानीय युवा स्वा.प्रेम बहादुर गोलेले चलनचल्तीमा रहेको करिब १करोड बराबरको जमिन (३ रोपनी ३ अाना) जग्गा प्रदान गर्नु भएको थियो

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गर्नु भएको उक्त अस्पताल निर्माणकार्यको लागि प्रदेश ख सांसद चेतनाथ सन्जेल र बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चानको विषेश पहलमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको शसर्त अनुदानमा आ ब २०७५/०७६ रु ३ करोड ६० लाख बजेट लाई टेन्डर मार्फत ज्ञानज्योति बिल्डर्स प्रा, लि तिनकुने काठमाडौ २०७६ भाद्र २० गते भवन निर्माण गर्न ठेक्का रु २ करोड ३ लाख २२ हजार ९ सय २२ रुपैया ४५ पैसामा सम्झौता गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि इन्द्रबहादुर वानियाँले नवनिर्मित थाङ्सिटार अस्पताल भवन उद्घाटन गरेर मात्र पर्याप्त नभई यसकालागी आवस्यक स्वास्थ्य सम्बन्धी प्रयोगशाला,उपकरण जनशक्ति गुणस्तरीय स्वास्थ्य सुबिधा तिर ध्यान दिनुपर्ने बताउनु भयो।बानियाँले मकवानपुर क्षेत्रका जनसमुदायले समेत यस अस्पताल बाट स्वास्थ्य सेवा पाउने भएकाले आफुबाट हुने सहयोगमा कमि हुन नदिने बताउनु भयो।

कार्यक्रममा बोल्दै बिशेष अतिथी बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले सम्पुर्ण नेपालीहरुले स्वास्थ सेवा सर्वसुलभ रुपमा पाउने अधिकार भएको हुँदा बागमती प्रदेशले पनि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो।उनले कोभिड १९ को शुरूवात देखी ब्यहोर्नु परेक विभिन्न समस्याहरुलाई औल्याउँदै र समाधानका लागि बागमती प्रदेश सरकारले गरेका प्रयत्नका बारेमा स्पस्ट पार्नुभएको थियो।

त्यसैगरी प्रदेश संसद चेतनाथ सञ्जेलले अाफु पनि यही ठाउँको भएकोले यहाँको अाम समुदायको समस्या बुझेको र मैले प्रतिबद्धता गरेका योजनाहरुमा पहिलो प्राथमिक्ता गाउँपालिकामा एउटा गाउँपालिका स्तरीय अस्पताल पूरा गर्न सफल भएको बताउनु भयो।

काङ्ग्रेस पुर्व अामन्त्रीत केन्द्रीय सदस्य तथा तामाङ संघका केन्द्रीय अध्यक्ष कवेल बहादुर लामाले बागमती गाउपालिका भित्रको हरेक कृयाकलापहरुमा मेरो पुर्ण साथरहने बताउनु भयो।त्यसैगरी प्युटार स्वास्थ्य चौकी को सर ऋषिराम बुढाथोकी बागमती गाउपालिकाको १०औ गाउसभा आ.ब.२०७७/७८ मा उत्कृष्ट कार्यसम्पादन गरि गाउपालिकाको सर्बोकृस्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित समेत हुनु भएको थियो।

नवनिर्मित थाङसिङ्टार अस्पतालको समुदघाटन समारोहमा विशेष अतिथी ने.का केन्द्रिय सदस्य, पुर्ब अर्थ राज्यमन्त्री श्री उदय शम्सेर राणा , प्रदेश साम्सद चेतनाथ संजेल, नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य तथा तामाङ संघका केन्द्रीय अध्यक्ष कवेल बहादुर लामा, गोदावरी नगर प्रमुख तथा ने.का जिल्ला उप सभापती गजेन्द्र महर्जन, क्षेत्रीय सभापती सुन्दर मान थिङ, नेकपा एमाले जिल्ला सदस्य दुर्गाप्रसाद घिमेरे, युवा नेता मिनकृष्ण महर्जन , विभिन्न राजनीति दलको प्रतिनिहरु सातै वडाको वडा अध्यक्षहरु स्वास्थ्यकर्मीहरु सामाजिक अभियान्ताहरु सुरक्षाकर्मीहरु लगायतका महत्वपुर्ण ब्यक्तित्वको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button