समाचार

बिष्णु बिरुद्द संजेलको ब्याटिङ, लोप्चन र दर्लामी सुरथको एक्का

नवराज कार्की,ललितपुर, स्थानिय चुनाव नजिकिदै गर्दा चुनावी सर्गर्मी बढ्नु स्वभाविक हो।धेरै बर्षको अन्तराल पछि ०७४ मा देसले स्थानिय सरकार पायो देस संघियतामा गए पश्चात् पाएको स्थानीय सरकार बाट जनताले के कति आश गरेका थिय कति पूरा गर्न सक्षम रहे त्यसको लेखा जोखा जनताले गरे कि गरेनन भन्ने कुरा आगामी बैशाख ३० गते पछिका नतिजाले बताउला।

अहिले सम्म्को अवस्था लाई हेर्ने हो भने मुलधारमा रहेका दल नेपाली कांग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ।पछिल्लो समयमा माओबादि केन्द्र संग तालमेल गरेर जानी वा आफै प्रतिस्पर्धा गर्ने भन्ने निचोड निकाल्न सकिरहेको छैन ।

त्यसोत बागमतीमा यतिबेला आसन्न चुनावका लागि पालिका दाबेदार हरुको चर्चा व्यग्र हुन थालेका छन ।
नेपाली कांग्रेस बाट बिष्णु तिमल्सिना र वीर बाहादुर लोप्चन छन भने नेकपा एमाले बाट नवराज संजेल र साजन दर्लामी मगर बलियो उमेदवारको रुपमा लिन सकिन्छ।

नेपाली कांग्रेस बाट ०७४ को स्थानिय चुनावमा पालिका अध्यक्ष बिजयी भएका वीर बाहादुर लोप्चन यो पटक पनि दोहोरिने मनसाय व्यक्त गरेका छन।लोप्चन लाई बिपक्षी पार्टी एमाले लाई सुद्द आफ्नो पक्षमा राखेर हिड्न सक्ने बलियो उमेदवारको रुपमा हेरिए पनि जनता संग अध्यक्ष कार्यक्रमले भने लोप्चन लाई बिबादमा तानेको छ।बिष्णु प्रसाद तिमल्सिना लाई पनि युवा कार्यकर्ता हरुले बलियो उमेदवारको रुपमा अगाडि सारेका छन ।तिमल्सिना लाई यतिबेला जसरी पनि पालिका अध्यक्षको टिकट ल्याएर जित्नै पर्ने दवाब देखिन्छ, गाउपालिका-३भट्टेडाडाका वडा अध्यक्ष तथा पालिका प्रबक्ता समेत रहेका तिमल्सिना भने बेलाबखत विभिन्न कन्ट्रोभर्सिमा आउने गरेका छन,त्यही कन्ट्रोभर्सिकै कारण भोटमा तलमाथि त पर्ने होइन ? कांग्रेस बृत्तमा हल्ला चल्न थालेको छ ।त्यसोत यदि तिमल्सिनाले टिकेट ल्याउन सकेन भने राजनिती बाट हात धुनु पर्ने अवस्था नआउला भन्न सकिन्न खैर बागमती कांग्रेसको लागि यी दुई प्रभावशाली नेतृत्व गर्न सक्ने उम्मेद्बारीको रुपमा खडा भैरहदा आपसी समझदारी गर्न सकियन भने पासा अर्कैको पल्टने सम्भावना निश्चित छ।

अर्का पाटी नेकपा एमाले भित्र पनि नवराज संजेल र राजकुमार मगर आफुलाइ बलियो उमेदवार को दाबी गर्दै मैदान मा होमिएका छन।संजेल गिम्दिका वडा अध्यक्ष हुन भने मगर इकुडोलका वडा अध्यक्ष हुन।कांग्रेसका लोप्चन बिरुद्द उम्मेद्बारी दिन तयार रहेक मगर लोप्चन लाई कुनै पनि हालतमा जित्ने दाउमा रहेका छन, उता संजेल भने पार्टिको आधिकारिक धारणा आइनसकेको कारणले यसै हो भन्न नसक्ने अवस्था रहेको बताउछन, पार्टिले योग्य ठहराए कांग्रेस बाट जस्ले प्रतिनिधित्व गरे पनि संजेल खुलेर लड्ने आशय ब्यक्त गर्छन।

उता माओबादी केन्द्र भने कहिले देउवाले गठबन्धन गर्ला र उमेदवारी दिउला भन्ने आशमा रहेका छ्न।पछिल्लो समय आएको उमेदवारीमा पार्टिले कुनै पनि निर्णय नगरेको बताउछन पालिका संयोजक महेन्द्र घिमिरे ।निशानले आफू खुसि उम्मेद्बारी दिएको हो,त्यसमा हाम्रो कुनै पार्टीगत निर्णय नभएको र निसान ले कुन तरिका बाट मिडिया बाजि गर्यो त्यो हामिलाइ जानकारी नभएको घिमिरे बताउछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button