राजनीति

के गर्दै छन बागमतीमा माओबादी केन्द्र

नवराज कार्की, ललितपुर / स्थानिय चुनावको मिति नजिकिदै गर्दा दलिय सरगर्मी तिब्र रुपमा अगाडि बढी रहेको छ। मुलधारमा रहेको दल नेपाली कांग्रेस र नेकपा एमाले चुनाबी नतिजा आफ्नो पक्षमा पार्नको निमित्त कर्याकर्ता प्रसिक्षण ( मिनि आमसभा ) गर्ने देखि बर्षौ देखि निष्कृय भद्री संगठन हरुलाइ ब्युझाउदै माहोल बनाउदै हिड्ने क्रम जारी छ।

कांग्रेस एमालेको दाजोमा माओबादी केन्द्रको चहलपहल भने न्यून देखिएको छ।बागमती गाउपालिकामा ०७४ को स्थानिय चुवब बाट एक सिट पनि हात पार्न नसकेको माओबादी केन्द्र यो चार बर्षको अवधिमा मजबुत हुनु पर्नेमा झन कमजोर हुँदै जानुले संगठन भित्र नेतृत्वको कमजोरी हो या जनताप्रतीको बिश्वास घटेको हो संगठन भित्र गम्भीर प्रश्न उब्जिएको छ।

पछिल्लो समय कांग्रेस माओबादी गठबन्धन हुने चर्चा चले पनि यस्ले ठोस निष्कर्ष पाउन सकेको छैन।निर्वाचनको समय नजिकिदै जानू अनि केन्द्र बाट आधिकारिक धारणा बाहिर नआउनुले बिचको कार्यकर्ता अन्योलमा परेका छन।मुलधारमा रहेका नेपाली कांग्रेसले सोमबार आफ्नो प्रतिनिधि पठाउने तयारी गरिएको अवस्थामा केन्द्रको आधिकारिक धारणा बाहिर आउन सकिरहेको छैन।

कांग्रेस र माओबादी बिच बागमतीमा गठबन्धन भएर जाने निश्चित भएको केन्द्रिय सदस्य हरि दाहाल बताउछन। पालिकामा अध्यक्ष वा उपाध्यक्ष,प्रतेक वडा बाट कुन प्रक्रिया बाट जाने भन्ने बिषयमा आज भोलिनै बसेर टुङो लगाउने दहाल को भनाइ छ।

उता गाउपालिका कमिटी अध्यक्ष महेन्द्र घिमिरे भने अझै अन्योलको अवस्था रहेको स्विकार्दै माथी बाट कुनै पनि सर्कुलेसन नभएको हुदा हामिले यसै भन्ने अवस्था नरहेको बताउछ्न। ०७४ को स्थानिय निर्वाचनमा पालिका अध्यक्षको उम्मेद्बारी दिनु भएका राजु आले मगर भने यो पटक कुनै पनि दाबेदार नरहेको बताउछन।मगर अगाडि भन्छन रुष्ट भएका कार्यकर्ता हरुलाइ मिलाएर लैजानु नेतृत्व बर्गको जिम्मेवारी रहेको हुदा केन्द्र बाट आएको सर्कुलेसन अनुसार मेरो सहयोग संगठन लाई रहने बताउछन्।

यस अन्योलताका बिच पनि माओबादी केन्द्रबाट पालिका प्रमुखको लागि बागमती गाउपालिका-२ माल्टाका निसान र गाउपालिका-५ वडा अध्यक्षको लागि नवराज तिमल्सिनाले आफ्नो दाबेदारी दिएका छन। यी दुई दावेदार माओबादी केन्द्र बागमतीको लागि बलियो हुन सक्ने स्थानीय नेता तथा कार्यकर्ता बताउछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button