राजनीति

आस्राङ कांग्रेस बाट वडा अध्यक्षमा बोम्जन सर्वसम्मत

ललितपुर ,बागमती गाउँपालिका-६ बाट उम्मेद्बारी छनौट प्रक्रिया सम्पन्न गरेको छ।स्थानीय निर्वाचन निजिकिदै गर्दा नेपाली कांग्रेस बाट वडा अध्यक्ष उम्मेद्बारी नारायण बोम्जन सर्वसम्म्त भएका हुन।

सोमबार सम्पन्न वडा कमिटी लगायत प्रतिनिधि सहितको बैठक बाट नारायण बोम्जन लाई सर्वसम्मत उम्मेद्बारी भैरहदा नेपाली कांग्रेसको इतिहासकै पहिलो रेकर्ड राख्न सफल बोम्जन लाई कांग्रेस मात्र नभएर बिपक्षी दल एमाले तथा माओबादी केन्द्र समेतको साथ रहेको थियो।

करिब १२०० मतदाता रहेको आस्राङ बाट बोम्जनले ६०० भन्दा बढी मत ल्याउन सक्ने आंकलन गरिएको छ।गठबन्धन भएको खण्डमा माओबादी केन्द्रको मत निर्णायक बन्ने भए पनि सिंगल प्रतिस्पर्धा गर्दा पनि सहज रुपमा चुनाब जित्न सक्ने माहोल रहेको बताउछ्न बोम्जन।

प्रतिस्पर्धामा दुई जना आकङ्क्षी रहेतापनी बोम्जनको पक्षमा बहुमत देखिएकोले सर्वसम्मत हुन सहज भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button