राजनीति

राप्रपाले ललितपुरका सबै स्थानीय तहमा उम्मेद्बारी दिने

नवराज कार्की,ललितपुर /स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा ठुला दल हरुले आफ्नो उम्मेद्बारी सार्वजनिक गरिरहेका छन।यो पटक कतिपय स्थानीय तह हरुमा पुरानै उमेदवार दोहोरिने सम्भावना बढी छ भने कतिपय स्थान हरुमा नयाँ अनुहारले स्थान पाउने देखिन्छ।

०७४ को स्थानीय निर्वाचन पछि बितेका यी चार बर्षमा थोरै मात्र जनप्रतिनिधि हरुले जनताको मत लाई सहि सदुपयोग गरेको पाइन्छ।प्रय जनप्रतिनिधि हरुको काम गर्ने शैली र कार्यकर्ता भर्ती केन्द्रको रुपमा सथानिय निकायलाइ प्रयोग गरियो भन्ने आक्षेप बेला बखत जनमानसमा आउने गरेको छ।

पछिल्लो समयमा स्वतन्त्रत उमेदवार घोषण गर्ने देखि बैकल्पिक शक्तिको खोजी गर्नेको जमात पनि ठुलै रहेको देखिन्छ।यहि बैकल्पिक शक्तिको रुपमा आफुलाइ स्थापित गर्दै देस दौडाहामा रहेको छ राप्रपा नेपाल।

हिन्दुराज्य र राजसंस्था पुनर्स्थापनाको मुल मुद्दा लिएर जनता माझ पुगेको राप्रपाले ललितपुरको सम्पुर्ण स्थानिय निकायमा आफ्नो उम्मेद्बारी दिने भएको छ।राप्रपा संस्थापन पक्षहरूले ललितपुरका ६ ओटै स्थानिय तह भित्र रहेका सम्पुर्ण वडा हरुमा आफ्नो उम्मेद्बारी दिने आन्तरिक निर्णय भएको जानकारी दिनु भयो ।

राप्रपा अध्यक्ष अष्ट महर्जनले पछिल्लो समयमा नेकपा एमाले संग तालमेल गर्ने कुरा बाहिर आएपछी पाटी भित्र आन्तरिक छलफल भैरहेको बताउनु भयो।केन्द्रबाट आधिकारिक धारणा आउन बाकी रहेकोले तालमेल गर्ने या नगर्ने भन्ने बिषयमा अहिलेनै बोली हाल्न मिल्ने अवस्था छैन यदि भएन भने पनि जिल्लाको सम्पुर्ण स्थानिय तह सम्म उम्मेद्बारी रहन्छ महर्जनले जानकारी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button