राजनीति

एमाले भट्टेडाँडामा संजेल बलियो दावेदार

नवराज कार्की,ललितपुर /स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा ठुला दल हरुले आफ्नो दाबेदार सार्वजनिक गरिरहेका छन।बागमती गाउँपालिका- ३ भट्टेडाडा बाट भने नेकपा एमाले बाट समेश संजले लगाएत दुई जना दावेदार रहेका छन।

नेपाली कांग्रेसको पकेट क्षेत्र मानिने गाउँपालिका ३ भट्टेडाडामा संजेल बराबरको अरु बिकल्प खोज्न नसकिने बताउछ्न एक कार्यकर्ता।पछिल्लो समय नेपाली कांग्रेस बाट रुष्ट बनेका केही कार्यकर्ता हरुले समेत संजेललाई एमालेको बलियो उमेदवारको रुपमा हेरिएको छ।कांग्रेस बाट जति बलियो उमेदवार उठाए पनि संजेल सहज रुपमा पासा पल्टाउन सक्ने ब्यक्तिको रुपमा चिनिन्छ ।

युवा हरु माझ लोकप्रिय नेताको रुपमा चिनिदै आएका संजेल आफ्नो दरिलो प्रतिबद्धता सहित मैदानमा उत्रीएको बताउछन्,यो भन्दा अगाडि कस्ले के गर्यो भन्दा पनि मैले के गर्न सक्छु भन्नू नै मेरो मुल एजेन्डा हो।राजधानी बाट नजिक रहेर पनि यहाको जनताहरुको अर्थिक सामाजिक स्थरउन्नतिमा सुधार नहुनु दुखको कुरा हो आगामी दिनहरुमा यी मुद्दाहरुलाइ उचित सम्बोधन गर्दै भट्टेडाडालाइ आर्थिक सामजिक पर्यटिकिय हबको रुपमा बिस्तार गर्दै नमुना वडा बनाउनु मेरो पहिलो दायित्व रहेको बताउछन।

भट्टेडाडा बाट गएको ०७४ को स्थानीय निर्वाचनमा नेपालि कांग्रेस बाट बिष्णु प्रसाद तिमल्सिना बिजय भएका हुन भने तिमल्सिना संग नेकपा एमालेका दिल्ली प्रसाद बजगाइ प्रतिस्पर्धामा रहेका थिय ।

नेकपा एमालेबाट आसन्न निर्वाचनको लागि संजेल संगै भरत घिमिरे र धन बाहादुर लामा को दबेदार रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button