राजनीति

माओवादी केन्द्र बुखेलबाट पुर्शोत्तम तिमल्सिना बलियो दावेदार

ललितपुर ,आसन्न स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा माओबादी केन्द्रले आफ्नो साझा उमेदवार छन्ने क्रमलाई तिब्रता दिएको छ।महाङकाल गाउँपालिका- १ बुखेलमा माओबादी केन्द्र बाट पार्टी अध्यक्ष पुर्शोत्तम तिमल्सिना, हालका वडाअध्यक्ष खोम प्रसाद गौतम,रमेश दहाल र राजेन्द्र घिमिरे चुनावी मैदानमा उत्रिएका छन।

माओबादी केन्द्र बुखेल गाउकमिटी अध्यक्ष तथा ०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यका उमेदवार रहेका पुर्शोत्तम तिमल्सिना यो पटक भने वडा अध्यक्षको बलियो दावेदारको रुपमा आएका छन।गएको स्थानिय निर्वाचनमा थोरै मतले प्राविधिक रूपमा पराजित भएका उनी एश क्षेत्रमा यो पटक भने राम्रो प्रभाव रहेको स्थानीय कार्यकर्ता बताउछन् ।

युवाहरूलाई स्थानीय स्तरमै रोजगारी, व्यवसाय गर्नेलाई प्रोत्साहन, शिक्षा, स्वास्थ्य, मोटरबाटो, स्तरउन्नति,खानेपानी,कृषि,पर्यटन प्रमुख एजेन्डा को रूपमा अघि सारेका छन। उनलाई बुखेलका युवा पुस्ताको साथ र समर्थन रहेको छ।

त्यसैगरी ०७४ को स्थानिय चुनावमा वडा अध्यक्षमा विजयी भएका अर्का दाबेदार हुन । खोम प्रसाद गौतम अघिल्लो निर्वाचनमा अध्यक्ष र महिला सदस्य मात्रै विजयी भएको ले आफुलाइ काम गर्ने असहज भएको गुनासो उनको छ। यश पटक टिम नै विजयि गराउन अपिल गरेका छन, विकास निर्माण,खानेपानी शिक्षा ,स्वास्थ मा राम्रो भुमिका खेल्न नसकेको भन्दै उनी धेरै आलोचित बनेका छन पार्टी कमिटीले उनलाई नदोहोर्‍याउने मनस्थिति बुझिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button